कोभिड–१९ को मारामारी प्रकोपले म कार्यरत देश युएइ पनि अछुतो रहेको थिएन । यसै बिच माहामारी फैलिन नदिन यहाँको केन्द्रिय सरकारले पनि अप्रील ४ देखि १८ सम्म बन्दाबन्दीको घोषणा गरेको थियो। कोभिड–१९ को असर प्रत्येक कम्पनीमा पनि देखिन थालेको थियो। काममा भारी गिरावट अनि बन्दाबन्दीका बिच पनि कम्पनीले अनुमति पत्र दिएर काम मा खटाएको थियो।

यसैगरि नियमित काम कै क्रममा रूममा बस्ने भाइ बिरामी भै हस्पिटल जादा कोभिड चेक गरि क्वारेन्टाइनमा क्याम्पमा राखिसकेको थियो त्यस्को २ दिनपछि अप्रील ११ मा काम बाट फर्केर भर्खर रूम मा आइपुगेको थिए म्यानेजरले रूममा भएको सबै लाई कल गरी सोहि दिनबाट क्वारेन्टाइन बस्नुपर्ने जानकारी गराए। केहिदिन पहिले अलि–अलि ज्वरो अनि शरीरको दुखाइ महसुश मैले पनि गरेको थिए त त्यो आफै निको भएको थियो।

अनि क्वारेन्टाइन पनि एकै रुममा ५–६ जना बस्नुपर्ने थाहा पाएपछि हामी रूममा रहेका सबै सल्लाह गरि हस्पिटल जाने निर्णय गरे । मलाई थाहा थियो कोभिड–१९ चेक भएमास समुहमा राख्न मिल्दैन। सोही जानकारी गराएर चेकजाँच गर्न अनुमतिलिएर तयारी भयौ।

बन्दाबन्दीका कारण सवारि साधान पाउन त्यति सहज थिएन अनलाइन् ट्याक्सी बुक गरि डि आइ पि १ मा रहेको एन एम सि रोयल हस्पिटल मा गै चेक उप गरि डाक्टरको सल्लाह बमोजिम कोभिड–१९ को स्वाब दिएर करिब रात को ३ बजे रूम आइपुगेको थियौ। संक्रमितलाई छुटै कोठामा राख्नुपर्ने सरकारी नियमले गर्दा हामी साथीभाई लाई पनि यहाँ छुट्टाछुट्टै रङको व्यवस्था भयो अनि सुरु भयो क्वारेन्टाइन ।

दोस्रो दिन कम्पनी व्यवस्थापनले क्वारेन्टाइनमा बस्ने व्यवस्था होटलमा गरेको जानकारी आयो र सोही दिन साँझमा म लगाएर सम्पुर्ण क्वारेन्टाइनमा बसेका साथीहरु होटलमा पुग्यौ । यसबीचमा घरपरिवारसँग नियमित सम्पर्क भइरहेको थियो र म क्वारेन्टाइनमा बसेको जानाकारी पनि दिएको थिएँ। विश्व नै अस्तव्यस्त भएको अवस्थामा हामी सबैले मनमा सकारात्मक सोचाईले उच्च मनोबलका साथ संयमता अपनाउन सक्यौं भने यस रोगबाट उन्मुक्ति पाउन सकिन्छ भन्ने बारम्बार हामी पहिले नै छलफल गरिरहेका थियौं । अप्रिल १४ मा रिपोर्ट आउने दिन थियो कल्पनामा पनि थिएन कोरोना पोजेटिभ आउँछ भनेर तर भयो त्यही अस्पतलाबाट कल आएपछि मलाई कोरोना पुष्टी भएको जानकारी पाए । त्यसकारण मेरो मनमा पनि यिनै पहिले भएका कुराहरुले गर्दा त्यतिधेरै मन हतास भएको थिएन।

उक्त रिपोर्टको जनाकारी पाएपछि मैले मेरा नजिकका साथीहरुलाई जानाकारी गराए र सुत्ने समय भएको हुँदा म पनि सुत्न कोसिस गरे तर मानव स्वभाव न हो यसरी नसोचेको रिर्पोट आउँदा मनमा अनायासै कुराहरु खेल्न थाले निदाउनको लागि धेरै नै प्रयास गर्दा पनि निदाउन सकिन राति कति बेला निदाय पत्तै भएन्। भोलिपल्ट बिहान कम्पनीमा सबैलाई जानकारी गराए मनमा डर भने पटक्कै थिएन शरीर असहज भएको महसुस पनि थिएन् । त्यसकारण पोजेटिभ भएपनि निको हुन्छ भन्ने आत्मविश्वास पूर्ण थियो ।

म आफु पनी मोना कार्यकारी समितिमा रहेको कारणसाथीहरुलाई मेरो अवस्थाबारे जानकारी गराए उहाँले दिनुभएको आत्मबल साथ सहयोग ले मलाई अझ आत्मविश्वासी बनायो अनि संगै क्वारेन्टाइनमा रहनुभएका मेरो रुमका दाजुभाइहरुले पनि बारम्बार सम्पर्क गरी निश्चिन्त रहन आग्रह गरिरहनुभएको थियो ।तर म मा कहिल्यै मन मा डर अनी तनाव नै थिएन त्यस्कारण म आफै मा विस्वस्त थिए ।

सबैसंग सम्पर्क अनि घरमा पनि म्यासेन्जरमा गुप्र बनाए भिडियो कल गर्ने हास्ने बोल्ने फेसबुकमा सम्पर्क रहेका तर बोलचाल नभएका आफन्त सम्पूर्णमा सम्पर्क गर्ने माध्यम मेरो लागि क्वारेन्टाइन बन्यो जो जससँग बोलिने सबैलाई म आफूलाई पोजेटिभ भएको भएको भन्ने जानकारी दिइन् घरमा दाजुभाइ दिदीबहिनीहरु लाई भने मलाई कोरोना संक्रमण भएको जनाकारी विस्तारै–विस्तारै दिईरहेको थिए ।

यसैबीच क्वारेन्टाइनमा बसेको १२ दिनपछि मेरो पहिलो चेकअप भयो । तीनदिनपछाडि दोस्रो चेकअप भयो पहिलो चेकअप पुनः पोजेटिभ आएको जानकारी पाएपनि त्रसित भईन् । दोस्रो परीक्षणमा मेरो नेगेटिभ देखियो ।

प्रत्येक ३ दिन बिराएर स्वाब लिन को लागि दुवै स्वास्थ्य मन्त्रालयबाट खटिएको नर्सहरू म बसेको होटलमा आउने गरेका थिए । तेस्रो रिपोर्ट पनि मेरो पोजेटिभ त्यसपछि कर्मसँग चौथो पाँचौं छैठौं सातौं रिपोर्टहरु पोजेटिभ आएपनि मनमा कुनै निराशा डर आएन सँगै आएका साथीहरु सबै फर्किसके र काम सुरु गरिसक्नुभएको थियो आउनुभएका साथीहरुपनि फर्किसक्नु भएकोथियो सायद पहिलोपटक गएका हामी सबै मध्ये म एकमात्र त्यहाँ थिए । यति बिच मा पनि मनमा कुनै निराशा डर थिएन ।

जब चौथो अनि पाँचौं पनि पोजेटिभ देखियो त्यसका पछाडि रिपोर्ट के आउछ भनेर वास्ता पनि हुन छोड्यो निको हुन्छ भन्नेमा म पूर्ण विश्वस्त थिए । जति समय मसँग रह्यो दिनरात सबैको सम्पर्कमा रहे नियमित व्यायाम हरु गरे । यूटुवमा निकै मन शान्त पार्ने गतिविधिहरु हरे, कोरोनाबाट जोगिन धेरै त्रसित हुनपर्ने अवस्था रहेनछ भन्ने मैले धेरै साम्रागी पढेको थिए । यससँगै नियमित तातोपानी मह कागती लगाएर भिटामिननियमित सेवन गरिरहेको थिए ।यतिबेलासम्म मे महिनाको १२ तारिख पुगिसकेको थियो ।

उक्त दिन आठौ पटक स्बाब लिनको लागि नर्सहरुआइ लिएर गए । त्यसको ठिक ३ पछाडि पुनः स्वाब लिनको लागि नर्सहरु आएका थिए । मेरो आठौ टेष्ट नेगेटिभ आयो र नबैं टेष्टको प्रतिक्षामा बसेको थिए। मे १९ तिर मेरो अन्तिम टेष्ट नेगेटिभ आएको जानकारीसँगै कोठामा फिर्ता भए। केहि समयको कम्पनीको बसमा पछि ३५ दिनको आइसोलेशनको बसाई बिट मारेर रुममा फर्किए ।

जब मैले आठौं र नवौं नेगेटिभ आयो त्यो दिनको खुसी मैले परिवारलाई जानकारी गराए । आइसोलेसनमा बस्दा परिवार, आफन्तलाई मैले खुलेर कुरा गरे । यो अवस्थामा बारेमा धेरैलाई नकारात्मक सन्देश हुनसक्ने भएकाले मैले आफुँ सुरक्षित भएको जानकारी फेसबुकमार्फत पनि दिए । परिचय गोप्य राख्नु आवश्यक छैन् । कोरोना संक्रमित अपराधी होईनन्, कुनै गल्ती गरेका छैनन् ।

आफ्नो अनुभव अरुलाई जानकारी गराउन सकेमा पनि धेरैलाई यो रोगका बारेमा सचेतना फैलाउन सकिन्छ। अहिले म नियमित ड्युटीमा गरिरहेको छु । अन्त्यमा यस आइसोलेसको बसाईले कोरोना बाहिर हल्ला गरे जस्तो इफेक्ट गर्ने भाइरस हुदै होइन। त्यसैले आत्तिने वा अत्ताउने यो लागे त मरिहाल्ने वा अर्कोलाई सरिहाल्ने जस्तो भ्रामक सन्देह रोकेर आत्मबल बढाउने फलानो ठाउबाट आएको फलानो संग भेटेको फलानो बसमा चढेको ओहो वर्बाद भयो भन्ने मानसिकता बाट मुक्त रहन सक्नु पर्छ ।

हामी ४ जना बस्ने रुममा मेरो पोजिटिभ भयो तर रातदिन संगै खाना खाने एउटै शौचालय प्रयोग गर्ने अरु साथिहरुको नेगेटिभ यसको मतलब संगै बसेर भेटेर सरिहाल्छ भन्ने पनि होइन यति सबै भन्दै गर्दा कोरोनाको संन्दर्भमा सामाजिक संजाल हरुमा जनचेतना भन्दा पनि भ्रम र त्रास फैलाईएको जस्तो लाग्छ।तर आवाश्यक सतर्कता भने अपनाउनु जरुरी छ। कोरोना पोजेटिभहरु खुलेर कुरा गर्नुहोस् ।
अधिकारी मोना यूएईका बरिष्ठ उपाध्यक्ष समेत हुन् ।