कलेजोमा संक्रमण भएर उपचाररत म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३, भकिम्लीका प्रेमबहादुर छन्त्यालले उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् ।

कलेजोसँगै मृगौला र पेटमा समेत समस्या देखिएपछि पोखरामा चेककजाँचका क्रममा कलेजोमा समस्या देखिएपछि काठमाडौं रिफर गरिएको छन्त्यालको आर्थिक अभावले उपचारमा समस्या भएको उनका छोरा किरण छन्त्यालले बताए ।

‘हामीसँग भएको पैसा सकियो,‘औषधी खाने पैसा पनि छैन’ किरणले भने । उनका अनुसार कलेजोको दैनिक ८ हजार पर्ने औषधी सेवन गर्नुपर्ने बताउँदै आर्थिक समस्याले औषधी नियमित गर्न समेत समस्या भएको बताए ।

बिर अस्पतालमा भर्ना भएका छन्त्यालको पछिल्लो समय कलेजो काम नलाग्ने अवस्थामा पुगेको छ। ‘उपचारमा धेरै खर्च लाग्छ,‘सानो–सानो सहयोग पाएपनि बुबालाई बचाउन सकिन्थ्यो भन्ने लाग्छ’ छन्त्यालले भने।

उपचारमा घरबाट अपुग भएपछि ऋण समेत खोजेपनि थप आर्थिक आवश्यकता भएपछि सहयोग मागेको बताए । उनका अनुसार डाक्टरले सिफारिस गरेको औषधी किन्ने पैसा नभएपछि थप उपचारमा समस्या भएको बताए । ६ बर्ष अगाडी बैदेशिक रोजगारबाट फर्किएका पीडित भकिम्लीका समान्य किसान हुन् ।

(आर्थिक सहयोग गर्न इच्छुकले उपचारमा सहयोग गर्न चाहनेले किरण छन्त्यालको मोबाईल नम्बर ९८२३५१९२८७ मा सम्पर्क गरी ग्लोबल आइएमई बैंक शाखा कार्यलय बेनीमा रहेको खाता नम्बर ३५०७१०००८९९२ मा रकम जम्मा गर्न सकिने छ ।)

Leave a Reply