नेपाल सरकारले कोभिड-१९ का कारण विश्वमा परेको असर र उत्पन्न असहज परिस्थितिबाट प्रवासमा अप्ठ्यारो अबस्थामा रहेका आफ्ना नागरीकहरुलाई स्वदेश फिर्ता ल्याउने निर्णय अनुसार “जटिल अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७” जारी गरी सकेको छ । सरकारको निर्णय अनुसार तेश्रो मुलुक(बिदेश)बाट स्वदेश फर्कनैपर्ने नेपालीको सम्बन्धमा निर्णयमा उल्लेख भएका प्रावधानहरुका आधारमा नेपाली नियोग दोहा कतारले एक सुचना जारी गर्दै अविलम्ब फाराम भर्न अनुरोध गरेको छ ।

राजदुतावासले जारी गरेको सुचना अनुसार तेश्रो मुलुक अर्थात कतारबाट फर्कने स्वयंले उडान देखी क्वारेन्टिन सम्मका सबै खर्च बेहोर्नु पर्ने, नेपाल सरकारले तोकेका सम्पुर्ण स्वास्थ्य नियामावलिहरुको पालना गर्नु पर्ने जनाएको छ । नियोगले प् सुत्केरी या गर्भवति महिला, कोरोना बाहेक अन्य कारणले गम्भिर बिरामी, अध्ययन सकिएका (ईन्टर्नशीपमा रेहका), परिवारका सदस्य गुमाई काजक्रियाका लागी जानै पर्ने, भिजिट तथा बिजिनेश भिषामा रहेका, श्रम करार सम्झौता अबधी(कन्ट्याक) सकिएका ( १३ मार्च २०२० वा सो भन्दा पहिला), कतारी आईडी नलागेका वा भिषा सकिएका ( १३ मार्च २०२० वा सो भन्दा पहिला) लाई पहिलो प्राथमिकतामा राख्दै सुचना मार्फत सो संग सम्बन्धित कागजात लिकं ( https://qa.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-state-of-qatar/) मार्फत र ईमेलमा [email protected]
Whatsapp 33560117 (फोन कल बाहेक) पठाउन सकिने र अति आवश्यक परेमा 44675681/ 44171962 मा कल गर्न सकिने ब्यवस्था गरेको छ ।

तर नेपाली नियोगले यस अघि नै तथ्यांक संकलन तथा स्वदेश फिर्ता जान चाहाने आफ्ना नागरीकका लागी एक फाराम जारी गर्दै तथ्यांक संकलन गरीरहेको छ । उक्त फाराम मार्फत जेठ १८ गते सम्म ८३०० जनाले फाराम भरीसकेको जानकारी नियोगका दित्तिय सचिव प्रविन भट्टराईले गराएका छन । फाराम भरीसकेका नागरीकले पुन फाराम भर्नु पर्ने छैन । नियोगले जारी गरेको मापदन्ड अनुसार यस अघि नै हवाई टिकट लिई सकेकाहरुले हवाईटिकटको कपि पनी नियोगमा ईमेल गर्न अनुरोध गरेको छ । हवाई उडान तथा यस्का लागी लाग्ने खर्च सहितका सम्पुर्ण प्रक्रियाका बारेमा दुतीवासले आफ्नो वेभसाईड तथा फेसबुक मार्फत जानकारी उपलव्ध गराउने हुदॉ सोधपुछका लागी नियोग सम्म पुग्नु नपर्ने उल्लेख छ ।

नेपाल सरकारले तोकेको मापदन्ड “कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (पि सी आर, आर डि टी अन्य परीक्षण) को प्रमाण साथमा राख्नु पर्ने” भन्ने निर्णय कतारमा केही जटिल देखिएको हुदॉ कहॉ कहिले र कसरी गर्ने सम्बन्धमा प्राप्त राय अनुसार कतार सरकारले जारी गरेको EHTERAJ App लाई आधार मान्न सकिने भए पनी सबै नेपालीसँग स्मार्ट फोन, आफ्नै नामको मोबाईल नम्बर नभएको, आईडीको म्याद सकिएको हुन सक्ने कारणले अर्को समस्या देखिन्छ । यद्दपि उल्लेखित प्रावधानका बारेमा नेपाल सरकार तथा कतार सरकारका उच्च निकायहरूमा महामहिम राजदूतज्यूकै स्तरबाट बिभिन्न बिकल्पहरुको बारेमा कुराकानी भैरहेको जानकारी प्राप्त भएको छ । कतार नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य हो । यहॉ ४ लाख भन्दा बढि नेपाली कार्यरत रहेका छन ।