गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार आज बिहान नवलपुरका १६ वर्षका बालकमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ३८ पुगेको हो ।

बालक बुलिङटार गाउँपालिका ठेगाना भइ कपिलवस्तुको बाडगंगा नगरपालिकास्थित सिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा बसेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।ती बालकको भरतपुर महानगरपालिकास्थित कोरोना अस्पतालमा उपचार भैरहेको छ ।