नेपाली काँग्रेसले सरकारले देशमा लकडाउन जारी रहेको बेला जनतालाई करको ताकेता गर्नू अस्वभाविक भएको टिप्पणी गरेको छ ।

बुधबार बिज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसले लकडाउनले जनता मार्कामा परेका बेला कर बुझाउन ताकेता गरिनु सरकारको गौर जिम्मेवारपन भएको जनाएको छ ।

प्रमुख प्रतिपक्षको भूमिकामा रहेको काँग्रेसले कर बुझाउन सूचना जारी गरेर जनताको पीडामाथि पीडा थपेको निस्कर्ष निकालेको हो । विज्ञप्तिमा भनिएको छ – ‘कोरोना महामारीको विषम र असहज परिस्थितिमा सरकारले आमनागरिकमा पीडामाथि पीडा थप्ने कार्य अत्यन्त निन्दनीय भएको छ ।’

त्यस्तै लकडाउनले व्यापार, व्यवसाय, यातायात क्षेत्रलगायत ठप्प भएकाले यस्तो विषम परिस्थितिमा पनि सरकारले लकडाउनको समयभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ भएको बिज्ञप्तिमा जनाइएको छ ।