राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष पशुपति शमशेर राणाले लोकहित र लोकसम्मति विपरित कर तिर्न लगाउने बाध्यकारी उर्दीबाट असफल सरकारको दरिद्र मनोविज्ञान छर्लङ्ग भएको बताउनु भएको छ ।

असाधारण संकटमा समयसीमा तोकेरै कर तिराउने सरकारको निर्णयलाई राप्रपा अध्यक्ष राणाले अर्थमन्त्रीको अनर्थको धम्कीको संज्ञा दिँदै विरोध गर्नु भएको छ ।

‘७२ दिन यता देश बन्दाबन्दीमा छ । बन्द व्यापार, व्यवसाय ठप्प छ । कर भनेको आम्दानी या सुविधा बापतको हो जबकि अहिले न आम्दानी छ न सुविधा,’ बुधबार विज्ञप्ती जारी गर्दै अध्यक्ष राणाले भन्नुभयो ‘तै जेठ २५ भित्र कर तिर्न सरकारको उर्दी छ ।

अर्थमन्त्रीको अनर्थको धम्की लोकहित, लोकसम्मति विपरित छ । असफल सरकारको दरिद्र मनोविज्ञान