लकडाउनको समयमा चितवनबाट म्याग्दीको बेनी नगरपालिका-३ भकिम्ली आएका बुद्धि तामाङले डेढ लाखमा बोयर जातको बोका खरिद गरे । जिल्ला प्रशासन कार्यालय चितवनबाट पास लिएर भकिम्लीसम्म आइपुगेका तामाङले शुद्ध बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेका हुन् ।

धनकुटा जिल्लामा ब्यवसायीक रुपमा बाख्रापालन गदैं आएका एक कृषकले २ वटा शुद्ध बोयर बुकिङ गरिसकेका छन् । जिल्लामा शुद्ध बोयर पालनमा सक्रिय रहेका धन श्रीषले धमाधम जिल्ला बाहिर बोयरको पाठापाठी विक्री गर्ने गरेका छन् ।‘लकडाउनका कारण बुकिङ गरेका बोयर खोरमै छन्,‘केहीले पैसा पठाइसक्नुभएको छ’ श्रीषले भने । देशका विभिन्न जिल्लाबाट बोकिङ गरेर सवारीसाधन मै गाउँमा पुग्न थालेपछि बिक्रीको समस्या नभएको श्रीषले बताए ।

एउटै बोकालाई साढे दुई लाखसम्म बिक्री गरेका श्रीषले गतबर्ष करिब २० लाखको कारोबार गरेको बताए ।शुद्ध बोयर जातका पाठापाठीको माग अत्याधिक भएकाले केही अनुदानको रकममा करिब १८ लाख लगानी गरी खोर विस्तार समेत गरेका छन् ।

उनको खोरमा २९ वटा शुद्ध बोयर छन् । खोर विस्तार गरेसँगै अब १ सय बोयर पुर्याउने योजना रहेको श्रीषले बेनीअनलाइलाई बताए । ‘फोनबाटै बुकिङ हुन्छ,‘फेसबुकबाट फोटो, भिडियो पठाइदिन्छु, पैसा खातामा आउँछ’ श्रीषले भने ।

जन्मदर बढी हुने, छिटो तौल बढ्ने, बाली लाग्ने, कम रोग लाग्ने, दूध–मासु दुवैका लागि प्रयोग हुने, आकर्षक र कसिलो शरीर हुने लगायतका विशेषताहरू अफ्रिकन बोयर जातका बाख्रामा हुने हुँदा यी जातका बाख्राबाट छोटो समयमा नै मनग्य कमाइ गर्न सकिने बोयर खरिद गर्न आउने कृषकको भनाई छ । करिब ६० रोपनी जमिनमा उन्नतजातका घाँस खेती गरेका श्रीषको फर्मलाई बोयर पालनको अवलकोन गर्न मेचीदेखि महाकालीसम्मका बाख्रापालक कृषक आउने गरेका छन् ।

२०६८ सालबाट ब्यवसायीक बाख्रापालन सुरू गरेका श्रीषले सामाजिक सञ्जालबाटै बुकिङ गरी बार्षिक ८ लाख बराबरको बोयर विक्री गर्ने गरेका छन् । म्याग्दी जिल्लाका विभिन्न बस्तीमा बाख्रापालन गदैं आएका कृषकले समेत श्रीषको सफलता र शैलीको प्रयोग गर्न रुचाउँछन् । बीउका रूपमा बोयर जातको बाख्रा पालेकाले बोयरको स्रोत केन्द्र बनाउन सफल भएका छन् ।