पोर्तुगलमा एक म्याग्देलीको मृत्यु भएको छ । अलेन्तेजु क्षेत्रको साओ तेओतोनिओमा बस्दै आएका बेनी नगरपालिका–४ सिंगाका ४९ वर्षीय दीपक बानियाँको मृत्यु भएको त्यहाँ रहेका म्याग्देलीले जनाएका छन् । कृषि क्षेत्रमा काम गर्ने श्रीमतीलाई लिन गएका बानियाँले उच्च रक्तचापको समस्याका कारण मृत्यु भएको बताइएको छ ।

उच्च रक्तचापका कारण लडेको अवस्थामा भेटिएका बानियाँको अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषित गरेको थियो । मृतक बानियाँले म्याग्देलीमार्फत विभिन्न क्षेत्रमा सहयोग गदैं आइरहेका थिए ।