sf7df8f}F, !^ j}zfvM ;jf/L ;fwg r]shfFr ub}{ ;'/IffsdL{ sf]/f]gf efO/;sf] ;ªqmd0f /f]syfd tyf Go"gLs/0fsf nflu ;/sf/n] nfu" u/]sf] aGbfaGbL cjlwdf a9L dfqfdf ;jf/L ;fwg rNg yfn]kl5 sf7df8f}Fsf] eb|sfnL ;8sdf dªunaf/ ;jf/L kf; eP gePsf] r]shfFr ub}{ ;'/IffsdL{ . tl:a/ Mk|bLk/fh jGt÷/f;;

लामाे लकडाउनले जनजीवन अस्तव्यस्त भएपछि सरकारले अब लकडाउन खुकुलो बनाउने तयारी थालेको छ । बुधबार विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले लकडाउनकाे माेडालिटी परिवर्तन गर्ने बताउनुभयाे ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भनेर सरकारले गत चैत ११ देखि लकडाउन जारी गरेकाे थियाे । जसकाे पछिल्लाे अवधि यही जेठ ३२ गते सकिँदैछ ।

खालि लकडाउन थप्दै जाने मात्र सरकारकाे नीति गलत रहेकाे भन्दै जनस्तरबाट आवाज उठ्न थालेपछि सरकारले छलपफल र बहस गरेर यसकाे स्वरूप परिवर्तन गर्ने भएकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विभिन्न क्षेत्रका विज्ञहरूलाइ छलफलमा बाेलाएर लकडाउनको विकल्प वा स्वरूप फेर्नेबारे सल्लाह लिनुभएकाे प्रधानमन्त्री कार्यालयले जनाएकाे छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बुधबार प्रधानमन्त्रीले योजना, अर्थ व्यवस्था, चिकित्सा, सामाजिक अभियन्ताहरूसहित २५ विषयविज्ञसँग छलफल गरिएकाे थियाे । छलफलमा सहभागीहरूले लकडाउनकाे मोडालिटीबारे आआफ्नो तरिका सुझाव र सल्लाह दिनुभएको थियाे ।

उहाँहरूले लकडाउन खुकुलाे पार्दै लैजानु ठीक हुने तर यसका लागि परीक्षणकाे दायरा बढाउनुपर्ने, क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित गर्नुपर्ने, सीमा व्यवस्थापनमा कडाइ गर्नुपर्ने, स्वास्थ्यकर्मीहरूको सुरक्षामा पनि ध्यान दिनुपर्ने लगायत सुझाव दिनुभएकाे थियाे । यसैगरी अर्थविद्हरूले लकडाउनलाई खुकुलो बनाउँदै स्वास्थ्य सतर्कता अपनाएर आर्थिक गतिविधिलाई सुचारू गर्दै लैजानुपर्ने बताउनुभएकाे थियाे ।

यसअघि कोडिभ–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले मंगलबार र बुधबार लगातार यही विषयमा छलफल गरेकाे थियाे । समितिले पनि विज्ञहरूसँग छलफल गरेकाे र त्यसबाट ठाेस निष्कर्ष निकालेर लकडाउन खुकुलो पार्दै लैजाने, अहिलेकाे स्वरूपमा परिवर्तन गर्नेबारे मस्यौदा तयार गरी सरकारलाई बुझाउने बताइएकाे छ । समितिकाे प्रस्ताव र प्रधानमन्त्रीद्वारा गरिएकाे छलफलकाे निष्कर्ष अनुसार सरकारले विकल्प प्रस्तुत गर्ने बताइएकाे छ ।

लामाे लकडाउनले हैरान भएपछि जनस्तरमा यसकाे अवज्ञा सुरू हुन थालेकाे छ । बुधबार राष्ट्रिय व्यवसायी महासंघले बिहीबारदेखि काठमाडौं उपत्यकाका सबै पसलहरु बिहान ११ बजेसम्म खाेल्ने एकतर्फी निर्णय गरेकाे छ ।