विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले जारी गरेको लकडाउन सम्बन्धि निर्देशनलाई आगामी जेठ ३२ गते आइतबारसम्म निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जिल्लाभर यसअगाडी लागु गरिएको आदेशलाई निरन्तरता दिएको बताउनुभयो ।

‘म्याग्दीमा लकडाउनको मोडालिटीमा कुनै परिवर्तन छैन्,‘लकडाउनको पूर्ण पालना गर्न अपिल गर्दछौ’ प्रजिअ ढकालले भन्नुभयो । उहाँका अनुसार यसअगाडी नियमित सञ्चालन भइरहेका बैंक तथा वित्तिय संस्थालाई समेत अर्को आदेश आउदासम्म यथावत रहेको बताउनुभयो ।