दुवै मृगौला खरावी भएपछि काठमाण्डौमा उपचारर्थ एकजना मृगौला पीडितलाई तिनगाउँले समाज यूकेले १ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि भकिम्ली, बरंजा र अर्मनबाट यूकेमा रहेकाहरुको संस्था तिनगाउँले समाजका अध्या थम रोकाको पहलमा संकलित १ लाख १० हजार निर्वतमान अध्यक्ष टिकाजित पुन, भकिम्ली-बरंजा माईती कुटुम्ब समाजका अध्यक्ष कमल पुनले पीडितलाई हस्तान्तरण गर्नुभएको छ ।

‘यो सहयोगले उपचारमा सहज हुन्छ,‘पैसा नभएर मृत्युबरण गर्नुपदैन’ तिनगाउँले समाजका निर्वतमान अध्यक्ष पुनले भन्नुभयो । यसैबीच सहयोगदातालाई धन्यवाद दिदै पीडितले रोगसँग लड्न जुटेको आर्थिकलाई सदुपयोग गर्ने बताएका छन् ।

उनले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि प्राप्त सहयोगले केही सहज भएको बताईन्। समाजले बेनी नगरपालिका–३ भकिम्ली, मंगला गापा–३,४ र ५ वडामा विभिन्न क्षेत्रमा सहयोग गदैं आइरहेको छ । म्याग्दीमा पछिल्लो समय मृगौला पीडितको संख्या बढेको छ ।