नेपालमा कोरोना भाइरस कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले दिनु भएको जानकारी अनुसार पाल्पा पूर्वखोला गाउँपालिकाका एक ४५ बर्षीय पुरुषमा मृत्यु पछि गरिएको परीक्षणमा कोभिड १९ पोजिटिभ देखिएको हो । उनको मृत्युसंगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या १० पुगेको हो ।

मृतक व्यक्ति गत आइतबार मात्र भारतवाट आएका र पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पास्थित शम्भु मा।वि।क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा अत्याधिक ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने ,खकारमा रगत समेत देखिएको र पेट फुल्लिने जस्ता लक्ष्यण देखिएपछि उनलाई तत्काल उपचारका लागि गत सोमबार तानसेनको मिसन अस्पतालमा लगिएको थियो । तर उनको आइसीयुमा राखेर उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको थियो ।