बिहिबार सदरमुकाम बेनीको एक मेडिकल हलबाट एउटा बैंकमा खुद्रा पैसा साट्न जाने क्रममा नेपाली एक हजारको नक्कली नोट भेटियो । यो बेनीमा नौलो होइन्, हरेक बर्ष फाटफुट नक्कली नोट भटिन्छ । मेडिकल, वित्तिय संस्था, भिडभाड हुने स्थानमा विगतमा बर्षमा समेत नक्कली नोट भेटिने गरेको थियो । भट्ट हेर्दा सक्कली जस्तै देखिने नक्कली नोटलाई सचेत हुन सकेमा सजिलै पहिचान गर्न सकिन्छ ।

अहिलेसम्म नक्कली नोटको कारोबार गर्ने बेनीमा भेटिएका छैनन् तर, भिडभाड हुने स्थान र मेडिकलमा भेटिने नक्क्ली नोट अन्तिममा वित्तिय संस्थामा पुगेर मात्रै पहिचान हुने गरेको छ । कोरोनाबाट जोगिन सरकारले जारी गरेको लकडाउनको अवधिमा नक्कली नोट धेरै देखिन सक्ने भएकाले सक्कली र नक्कली नोट यसरी पहिचान गर्न सकिन्छ ।

पानी छाप: नेपाली नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्यौ भने लाली गुराँसको पानी छाप स्पष्ट रुपमा देख्न सकिन्छ । नक्कली नोटमा यस्तो पानी छाप अस्पष्ट र अलि कालो धब्बा जस्तो देखिन्छ।

सुरक्षा धागो: नेपाली नोटमा प्रयोग गरिएको सुरक्षा धागो फोटोकपी गर्न सकिदैन । फोटोकपी गरिएको सुरक्षा धागो कालो र त्यसमा छापिएको अक्षर छोएिको जस्तो देखिन्छ । सुरक्षा धागोलाई नियालेर हेर्ने हो भने धागोमा लचद लचद हुन्छ ।

छोएर हेर्ने: नेपाली नोटको बुट्टालाई हातले विस्तारै छोएर हेर्ने हो भने यस्ता बुट्टा कागजमाथि हातले महसुस गर्न सकिने खालको हुन्छ । नोट पुरानो हुँदै जाँदा भने यस्तो विशेषता कम हुँदै जाने हुन्छ ।

आवाजः नेपाली नोट शतप्रतिश कपासबाट भने कागजबाट बनाइएको हुँदा नोटलाई काननिर लगेर हल्लाउँदा आउने आवाज र साधारण कागज हल्लाउँदा आउने आवाज फरक हुन्छ । नोट पुरानो हुँदै जाँदा यो विशेषतामा पनि ह्रास आउने गर्दछ ।
अग्रपृष्ठ संयोजन:रुपैयाँ १००,५००,१००० दरको नोटलाई प्रकाशतिर फर्काएर हेर्दा पानी छाप भएको कोठाको बाहिरपट्टि(बायाँतिर) भएको बुट्टा र त्यसको पछाडिपट्टि भएको बुट्टा मिलेर लचद भन्ने शब्द बन्छ । नक्कली नोटमा त्यसको लाइन फरक देखिन्छ ।

अझै सरल रुपमा छुट्टाउने सात तरिका

  • सक्कली र जाली नोटलाई कान नजिकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खड खड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ ।
  • सक्कली नोटको कागज स्तरीय, अलि खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो, लुलो र मोटो हुन्छ । जाली नोट सक्कली नोट जस्तो चहकिलो पनि हुँदैन ।
  • सक्कली नोटको रंग स्पष्ट र सफा गाढा हुन्छ भने जाली नोट हल्का, अस्पष्ट र फुङ्ग उडेको जस्तो देखिन्छ ।
  • सक्कली नोटलाई उज्यालो तिर फर्काएर हेरेमा नोटको दायातर्फ रहेको भागमा पानी छाप स्पस्ट देखिन्छ भने जलि नोटमा केहि कालो दले जस्तो अस्पष्ट देखिन्छ ।
  • सक्कली नोटमा रहेको सुरक्षा धागो नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ भने नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।
  • नोटको दायातर्फ रहेको सेतो भागको बायातर्फ भएको रंगीन आधा अक्षर नेपाल राष्ट्र बैंकलाई उज्यालोतर्फ फर्काएर हेर्दा नेपाल राष्ट्र बैंक स्पष्ट देखिन्छ भने जाली नोटमा सो अक्षर स्पष्ट देखिँदैन ।
  • सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाबाया पार्दा एउटा छुटै चहक आउछ भने जाली नोटमा यस्तो हुँदैन ।

स्रोतः राष्ट्र बैंक र एजेन्सी

विज्ञापन