नयाँ निर्देशिकामा सरकारले पिसिआर परीक्षणको लागि तीन वटा प्राथमिकता तय गरेको छ।पहिलो-आइसोलेसनमा रहेका, संक्रमणको जोखिमयुक्त ठाउँबाट आएका र संक्रमितसँगको सम्पर्कमा आएकाको परीक्षण गर्ने भनिएको छ।
दोस्रो- फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, जोखिममा काम गर्ने सुरक्षाकर्मी, सरसफाइमा खटिने कर्मचारी, तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामी जो कोरोनाको शंकास्पद पनि छन् त्यस्ता व्यक्तिको पनि पिसिआर परीक्षण गर्ने भनिएको छ।यस्तै धेरै संक्रमण फैलिएको समुदायका व्यक्ति र लक्षण भएका व्यक्तिलाई पिसिआर परीक्षणको तेस्रो प्राथमिकतामा राखिएको छ।
यसबाहेक ज्वरो, स्वासप्रस्वासमा समस्या भएका, छाती दुख्ने, पखला लाग्ने, घाँटी र मांशपेसी दुख्ने र खोकीको लक्षण भएका व्यक्तिहरूको पनि पिसिआर परीक्षण गरिनेछ।क्वारेन्टिनमा छ तर लक्षणविहीन अवस्था छ भने त्यस्ता व्यक्तिको पिसिआर परीक्षण गर्न नपर्ने निर्देशिकामा उल्लेख छ।Source: setopati.com