नेपाली दुतावास कतारले आज एक सुचना जारी गर्दै कोरोनाका कारण नेपाल फर्कन चाहाने नेपालीलाई समस्या अनुसार २ हिस्सामा बर्गिकरण गरी सहजता प्रदान गरेको छ । स्वदेश फिर्ता जानका लागी फाराम भर्नु पर्ने र नपर्ने गरी दुई हिस्सामा बर्गिकरण गरीएको हो ।

बर्गिकरण अनुसार नेपाल फर्कनैपर्ने अवस्थामा रहेकाहरु मध्य आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्नेहरुले फाराम नभरी सिधै नियोगकी तृतीय सचिव जिना अधिकारीलाई 33880321, कोभिड-१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका सुत्केरी तथा गर्भवति महिला बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएकाहरुले सिधै नियोगका तृतीय सचिव मनिषा शर्मा 66963616,
त्यसैगरी अध्ययन समाप्त भएका विद्यार्थी (इन्टर्न समेत) पारिवारिक पुनर्मिलनका लागि आएका पर्यटक (Visit) तथा व्यापारिक (Business) भिसामा आएका हरुले नियोगका द्वितीय सचिव प्रवीण भट्टराईलाई 66950724 सिधा सम्पर्क गर्न सकिनेछ फाराम भर्नु पर्दैन ।

नियोगले नेपाल फिर्तिलाई सहजिकरण गर्दै एकै कम्पनीबाट ५ जना भन्दा बढी व्यक्ति नेपाल फर्कनुपर्ने भएमा आफ्नो कम्पनिका प्रतिनिधिले राजदूतावासका PRO अलिमुद्दिन मो. रसुल मिया 70453388 सँग सम्पर्क गरी एकमुष्ट नामावली तथा विवरण उपलब्ध गराउन सक्नेछन ।

कतार आई डी/भिसा समाप्त भएका वा आई. डी. रद्द भएका, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, वार्षिक/बेतलबी बिदामा रहेका हरुका हकमा भने https://forms.gle/oESHhvLbJqWtfr8s6 लिंकमा गई अनिवार्य फाराम भर्नु पर्नेछ । यसअघि फाराम भरीसकेकाहरुले पनी पुन फाराम भर्नु पर्नेछ ।

कतारबाट स्वदेश फर्कनैपर्ने नेपालीको सम्बन्धमा स्वास्थ्य परीक्षण (पि सी आर, आर डि टी अन्य परीक्षण) गरी कोरोना नभएको प्रमाण पेश गर्नु पर्ने, नेपाल जाँदा लाग्ने हवाइ उडान खर्च र होटल क्वारेन्टिन खर्चलगायतका सम्पूर्ण खर्च आफैले व्यहोर्नु पर्ने, नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ ।

यद्दपि नेपाल फिर्ता जानु अघि रोजगारदाताबाट पाउने सेवा सुविधा प्राप्त हुने पक्का गरेर मात्र फाराम भर्नअनुरोध गरेको छ ।नियोगले गैर्‍हआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार लगायत कतारस्थित सम्पूर्ण संघ/संस्था तथा सामाजिक अभियन्ताहरुले फाराम भर्न सहयोग गरी दिनुहुन समेत अनुरोध गरेको छ ।