कास्की र गोरखाका पनि कोरोना संक्रमित भेटिएका छन । हालसम्म कुनैपनि संक्रमित नभेटिएका यी जिल्लामा बिहिबार एक एक जना संक्रमित भेटिएका हुन । यसको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । नयाँ भेटिएका संक्रमित गोरखाका २५ वर्षिय पुरुष छन ।

उनि जुम्लमा कार्यरत रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ । यस्तै कास्कीका संक्रमित ६० वर्षिय पुरुष हुन । उनि यसअघि नै स्वास्थ्यमा समस्या देखिएर काठमाण्डौको एक निजी अस्पतालमा उपचाररत छन ।