काठमाडाैं, २२ जेठ । विश्वमा काेराेना संक्रमित देशकाे लहरमा भारत अहिले छैटाैँ स्थानमा उक्लिएकाे छ । उसले इटलीलाई समेत पछि पारेकाे छ । त्यहाँ कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । शुक्रबार पनि ९ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।                                          एसियामै सबभन्दा बढी संक्रमित रहेकाे भारतमा शुक्रबार मात्र ९ हजार ४७१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले जनाएकाे छ । यसैगरी शुक्रबार २८६ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ । याे भारतमा अहिलेसम्मकै बढी दैनिक मृत्यु हाे ।                                            अहिलेसम्म भारतमा कुल सङ्क्रमितको संख्या २ लाख ३६ हजार १८४ पुगेको वर्ल्डाे मिटर्सले जनाएकाे छ । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ६४९ जनाको मृत्यु भइसकेको छ ।                                                              भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार देशभरि अहिले पनि १ लाख १६ हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी १ लाख १३ हजारभन्दा बढी मानिस सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् ।