म्याग्दीमा पनी आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्नका लागि रामायण पार्क बनाउने कुरा स्थानीय सरकार आउनभन्द। पहिले देखी नै चर्चामा रहेको थियो। बेनी नगरपालिकाले आन्तिरक तथा बाह्य पर्यटकलाई आर्कर्षित गर्नका लागि रामायापार्क बनाउनका लागि गुरुयोजनामा बनाए पनी त्यो योजनाका नारामा मात्र सिमित भएको छ ।

स्थानीय तहको चुनाव भएको तिनबर्ष पुग्दा पनी अझै रामायण पार्कको काम सुरु हुन सकेको छैन । बेनी नगरपालिकाले आर्थिक वर्ष ०७४÷०७५ का लागि नगर सभाबाट स्वीकृत गरिएको बजेटमा रामायण पार्क बनाउन १० लाख बजेट विनियोजन गरिएको थियो । रामायण पार्कको प्रवेशद्धारको रुपमा चिनिएको हुलाकचोक-अर्थुङे पदमार्ग । यहाँ प्रवेशद्धार बनाएर मुख्य पार्क पुलाआश्रममा बनाउने योजना छ । तस्वीर सौजन्य राकेश शर्मा

बहुचर्चित योजनाका रुपमा समेत चिनिएको पार्क बनाउन वडा नम्बर ६, ७ र ८ भित्र पर्ने बराहपाखो र आपारुख सामुदायिक बन अन्र्तरगत हुलाकचोक बाट अर्थुङे जाने पुरानो खानेपानीको धारा रहेको स्थान प्रस्ताव गरिएको थियो ।

प्रस्ताव गरिएको स्थानको स्थलगत अनुगमन तथा आवश्यक पूर्वाधार विस्तारका लागी प्रक्रिया अगाडी बढाएको नगरपालिकाले तिनबर्ष डिपिआरमा नै सिमित गरेको छ । आधादशक अगाडी रामायण बनाउनएक समिति गठन गरिएको थियो ।

त्यो समितिले रावणको जन्मभूमि समेत भनेर चिनने र्पौलस्यपुलहआश्रम आसपासका क्षेत्रमा रावण पार्क बनाउने योजना अगाडी सारिएको थियो । आन्तरिक तथाभारत र श्रीलकाका हिन्दु धर्मालम्बीहरुलाई आर्कषित गर्न पार्कको अवधारणा ल्याइए पनि अलपत्र परेको योजनालाई बेनी नगपालिकाले अगाडी बढाउने निर्णय गरेको थियो । तर नगरपालिकाले आर्थिक वर्ष ०७४÷०७५मा रामायण पार्क रावण पार्कको डिपिआरको लागि४ लाख ९५ हजार रुपैयाँखर्च गरेको छ । बेनी नगरपालिका सूचना अधिकारी युवराज थापाका अनुसार रामायण पार्क बनाउनका लागि २ करोड ५० लाख ९१ हजारको लागत अनुमान गरिएको डिपिआर तयार पारिएको छ भने रावण पार्कको लागि १ करोड ६२ लाख ६ हजारको लागतअनुमानको डिपिआर गरिएको छ ।

हामीले येजना अघि बढाउनको लागि डिपिआर तयार पारेका छौँ, उनले भने ‘दुई वटा पार्क नगरपालिकाले नै निमार्ण गर्ने गरि डिपिआर तयार गरिएको हो, तर नगरपालिकाको बजेटले मात्र निमार्ण गर्न नसकीने भएपछी, प्रदेश र संघिय सरकार संमन्वय गरेर निमार्ण कार्य गर्ने हो’ त्यसको लागि सहरी विकास मन्त्रालय संग समन्वयभएको छ । थापाका अनुसार डिपिआरका लागि बिनियोजन गरेको १० लाखमाबाकी रकम रकामान्तर गरेर अरु योजनामा लगिएको छ। नगरपालिका इन्जिनियर बिमलरञ्जन कार्कीका अनुसार उक्त रामायण र रावण पार्क बनाउने योजना सहरी विकास मन्त्रालय संग समन्वय गरेर काम अघि बढेको बताएका छन् । उनकाअनुसार नगरपालिकाले दुईवटा पार्कको लागिगरिएको डिपिआर गरेको र पुनः सहरी विकास मन्त्रालयले पार्कको लागिपुनः डिपिआर गर्न लागको छ ।

नगरपालिका भित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रचारप्रसार र पूर्वाधार विस्तारमा समेत प्राथमिकता दिइएको बताउँदै नगर प्रमुख हरिकुमार श्रेष्ठले हरेक बर्ष बजेट बिनियोजन गरेपनीकाम अघि बढ्न नसकेको बताएका छन् । ‘हामीले रामायण र रावर्ण पार्कको लागि हरेक बर्ष बजेट बिनियोज गरेका छौँ, तर त्यो अनुसारको कामहुन सकेको छैन, आगामीआर्थिक बर्ष पनीत्यसको लागि बजेट बिनियोजन हुन्छ’ उनले भने । योजना प्रदेश र संघिय सरकारमा पठाएका कारण त्यहाँबाट आउने समपुरक बजेटबाट पनीकाम योजना अघि बढ्नेछ । यस्तापर्यकटीय स्थलहरुमापुर्वधार निमार्ण गर्नको लागि योजनाबनाएपनी बजेट अभावकाकारण निमार्ण हुन सकेका छैनन् । बेनीनगरपालिका–५ पुलाचौरको पुलाअश्रम लंकाको राजा रावणको जन्मस्थान मानिन्छ ।

पौलस्त्यआश्रम क्षेत्र वरपरिकाका वर्णन श्रीमद्भागवत,मत्स्य पुराण लगाएतकाग्रन्थहरुमा समेत उल्लेख छ । पौलस्य ऋषीको तपोभूमि समेत रहेको पुलाआश्रमको प्रवेशद्धारका रुपमापार्कलाई विकास गर्ने योजना रहेको छ । विश्वका हिन्दु धर्मालम्बीहरुको पाँच ठुला धार्मिकस्थल मध्ये पुलाआश्रम समेत पर्ने भएपनि प्रचारप्रसार र पूर्वाधारको अभावकाकारण ओझेलमा परेको छ । पुलाआश्रम क्षेत्र विकास कोषले महायज्ञमार्फत मन्दिरको निर्माण गरेको भएपनिथपपूर्वाधारको अभाव देखिएको अवस्थामा। रावणपार्कले हिन्दु धर्मालम्बीहरुलाई आर्कषित गर्ने अपेक्षा गरिएको छ ।