सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले स्थानीय तहले स्थापना गरेको केरोना भाइरस नियन्त्रण तथा उपचार कोषलाई आर्थिक सहयोग उपलब्ध गरेको छ । म्याग्दीको बेनी नगरपालिका, मंगला गाउँपालिका र पर्वतको जलजला गाउँपालिकामा रहेको कोषमा सहयोग गरेको हो ।

सिवाईसी बावियाचौर शाखाकी प्रमुख गोमा बस्नेतमार्फत मंगला गापा अध्यक्ष सतप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमलाई संस्थाको तर्फबाट १० हजार र गलेश्वर शाखामार्फत बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीलाई ५ हजार र जलजला गाउँपालिकाका प्रमुख रामकृष्ण मल्लमार्फत कोषमा ५ हजार सहयोग गरेको संस्थाले जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड १९) को प्रभावले स्थानीय तहमा परेको असरलाई मध्यनजर गदैं भविस्यमा समेत सहयोग गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ । लकडाउनका कारण आफ्ना सदस्यहरुलाई पर्न गएको असरलाई न्यूनिकण गर्न बैशाख देखि आषाढ मसान्त सम्मको लागि ऋणमा लिदै आएको ब्याजदरमा ३ प्रतिशत विन्दुले छुट दिने ब्यवस्था समेत गरेको छ ।