बेनी नगरपालिकाले माछापालन कृषकहरुलाई ४० हजार माछाका भुरा वितरण भएको छ । ब्यवसायीक माछापालनमा सक्रिय रहेका नगरभित्रका २६ जना किसानलाई मच्छेपालन अनुसन्धान बेगनासताल पोखराबाट कमन कार्प र ग्रास कार्प जातको माछाको भुरा ल्याएर उपलब्ध गराएको पशुसेवा शाखाका प्रमुख प्रदिप गौतमले बताए ।

उनले अनुसार पोखराबाट ढुवानी गरी कृषकको हातमा उपलब्ध गराइएको बताउनुभयो । बेनी नगरपालिकाभित्र किसानलाई प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदी, कार्यापालिका सदस्य कृष्णकुमार विश्वकर्मा लगायतले वितरण गरेका थिए ।

भुरा वितरणको क्रममा क्षेत्रबहादुर कटुवालले नगरपालिकाको सहयोगले माछापालनमा सहज हुने बताउँदै माछापालनबाट आम्दानी गर्न सकिने भएकाले भविस्यमा समेत निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए ।माछापालनका लागि पोखरी, ताल, तलैया, इनार तथा कुवा बनाएका छन् । पछिल्लो केही बर्ष यता जिल्लामा ब्यवसायीक माछापालनप्रति आर्कषण बढेको छ । करिब ४० जना कृषकहरु माछापालनमा लागेको नगरपालिकाले जनाएको छ। माछाको बजार समस्या छैन् । म्याग्दीमा कमन कार्प, ग्रास कार्प, बिगहेट तथा सिल्भर कार्पलगायतका जातका माछाहरु पाल्ने गरिएको छ । यसबाट किसानले मनग्गे आम्दानी गर्ने गरेका छन् ।