गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मंगलबार विहान नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व)का १२ जना, म्याग्दी जिल्लाका १ जना र बागलुङ जिल्लाका ११ जनालाई संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले मंगलबार (आज) विहान ५ः४५ बजे निकोलेको विज्ञप्ती अनुसार नवलपरासीको बौदीकाली गाउँपालिकाका १२ जना, म्याग्दीको बेनी नगरपालिकाका १ जना र बागलुङको बरेङ गाउँपालिकाका ८ जना र निसीखोला गाउँपालिकाका ३ जनालाई संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १४४ पुगेको छ । त्यसमध्य ३ जना निको भएर घर फर्किएका छन्भने १ जनाको मृत्यु भएको छ ।गण्डकी प्रदेशका ११ जिल्ला मध्य २ जिल्ला मनाङ र मुस्ताङ बाहेक अन्य ९ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ ।