केहीदिन देखि मुलुकमा निरन्तर वर्षा भइरहेको छ । नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभावले नेपालमा वर्ष भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजपनि प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै भूभागमा र प्रदेश १ का पहाडी भू-भागहरूमा सामान्य बदली भएको थियो । त्यस्तैगरी कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश सहित प्रदेश २ का केहि भूभागमा आंशिक बदली हुने छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही भूभागमा बिहान हल्का वर्षा भएको थियो ।

त्यस्तै आज दिउसो प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहनेछ ।

प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको बतइएको छ । र अजा राती प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा प्रदेश २, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ