कपिलवस्तुमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कपिलवस्तुमा कोरोना संक्रमितहरुको संख्या ५ सय ६६ पुगेको छ ।

स्वास्थ्य कार्यालय, कपिलवस्तुका अनुसार यशोधरा गाउँपालिका वडा नम्बर ६ का ३८ वर्षीय १ पुरुषमा कारोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शिवराज नगरपालिका वडा नम्बर १ का १८ वर्षीय १ पुरुष, वडा नम्बर ९ का १२ वर्षीया १ जना महिला, वडा नम्बर १० का ४८ वर्षीया १ महिला र ४९ वर्षीया १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, वडा नम्बर ११ को १८ वर्षीया १ महिला र १७ र ३५ वर्षीया २ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय, कपिलवस्तुले जनाएको हो ।