नेपालमा कोरोना भाइरस कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा कोभिड १९ को कारण मृत्यु हुनेको संख्या १५ पुगेको हो ।

मन्त्रालयका अनुसार हिजोमात्रै कोरोना संक्रमण देखिएका ६८ वर्षीय वृद्धको आज बिहान निधन भएको हो ।

भरतपुर महानगरपालिकाका स्थानीय ६८ बर्षीय वृद्धको आज मंगलबार बिहान ७ बजेर ५ मिनेटमा निधन भएको मन्त्रालयले जनाएको छ । उनी चितवनको भरतपुर ११ निवासी रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।शव अहिले भरतपुर अस्पताल राखिएको छ। उनी नारायणी सामुदायिक अस्पतालमा उपचाररत थिए । कोेरोना पुष्टि भएपछि हिजो सांझ उनलाई भरतपुर अस्पताल सारिएको थियो ।