घोराही उपमहानगरपालिकाको एउटै वडाका ६ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परीक्षणमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ सवारीकोटका ६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि भएका २१ देखि ३७ वर्षसम्मका पुरुष रहेका छन् । उनीहरु भारतका विभिन्न ठाउँबाट आएर सवारीकोटको आधारभूत विद्यालय र खानेपानीको भवनमा स्थापना गरिएको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनीहरुलाई उपमहानगरपालिकाले सानी अमराई फन पार्कमा स्थापना गरेकोे आइसोलेसनमा लैजाने तयारी भइरहेको घोराही उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन बिकेश रेग्मीले जानकारी दिए ।

घोराही उपमहानगरपालिकामा मात्रै संक्रमितको संख्या ३१ पुगेको छ । थप ६ जनामा संक्रमण पुष्टि भएसँगै दाङमा संक्रमितको संख्या ८६ पुगेको छ ।