पछिल्लो २४ घण्टामा प्रदेश नम्वर २ मा ५ जना महिला र ४९ जना पुरुषगरी कुल ५४ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार सप्तरी जिल्लामा १३ जना, धनुषा जिल्लामा २१ जना, महोत्तरी जिल्लामा १९ जना र १ सर्लाही जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत कोभिड १९ महामारी ब्रिफिङ कार्यक्रममा मंगलबार दिइएको जानकारी अनुसार सप्तरी जिल्लाको राजविराज नगरपालिकामा सञ्चालित क्वारेन्टाइनमा रहेका ७ जना, छिन्नमस्ता गाँउपालिकाको क्वारेन्टाइनमा रहेका ४ जना र कञ्चनपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सप्तरी जिल्लामा संक्रमित मध्ये ३ जना महिला र १० जना पुरुष रहेका छन् ।

त्यसैगरी धनुषा जिल्लामा मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ११ जना र जनकनन्दी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको । धनुषाका संक्रमित मध्ये २० जना पुरुष र १ जना महिला रहेका छन् ।

यस्तै महोत्तरी जिल्लाको बर्दिबास नगरपालिको क्वारेन्टाइनमा रहेका १५ जना, एकडारा गाँउपालिकाको क्वारेन्टाइनमा रहेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरी जिल्लामा संक्रमति मध्ये १८ जना पुरुष र १ जना महिला रहेका छन् ।

त्यसैगरी सर्लाही जिल्लाको कौडेना गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३० बर्षीय एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।