नवलपरासीमा आजमात्रै १२ जनामा कोरोना संक्रमण पुष्टि

0
परासी। पश्चिम नवलपरासीमा मंगलबार एकैपटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सुस्ता गाँउपालिकामा एकैपटक १२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये सुस्ता वडा नम्बर १ का ६ जना छन् भने सुस्ता वडा नम्बर ३ मा दुई जना, ४ मा एक जना र ५ मा तिन जना रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरब ढकालले जानकारी दिएका छन् ।

संक्रमित मध्ये वडा नम्बरमा १ मा ४० वर्षका दुई जना, २४, ४६,४८ र ५६ वर्षका एक एक जना छन्   छन् भने वडा नम्बर ३ मा १६ र ३० वर्षिय यस्तै चारमा ४० वर्षिय र वडा नम्बर ५ मा १६,२३ र २७ वर्षका छन् । संक्रमित सबै पुरुष रहेको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताए । यहि जेठ २० गते ७८ जनाको स्वाब संकलन गरि परिक्षणको लागि राष्ट्रिय जनसवास्थ प्रयोगशाला काठमाडौ पठाइएको थियो।

उनिहरुको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाइ आइशोलेशन पठाउने तयारी भैरहेको गाउँपालिकाले जनाएको छ। उनीहरु भारतबाट आएका थिए । उनिहरुको कन्टेक्ट ट्रेसिङ्को कार्यपनी अगाडि बढिरहेको गाउँपालिकाले जनाएको छ। यश सहित जिल्लामा कुल ३३ जना क्रोना सन्क्रमित पुगेका छन।

Leave a Reply