नेपालमा संक्रमण देखिएको झण्डै तीन महिनापछि इलाममा पनि कोराना भाइरसको संक्रमित फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारमा मंगलबार इलाममा पनि कोरोना संक्रमित पाइएसंगै नेपालको ७२ जिल्लामा यस्को संक्रमण फैलिएको छ ।

इलाममा भेटिएका संक्रमित ५ दिन अघि भारतको चेन्नईबाट आएका हुन् । संक्रमण पाइएका व्यक्ति सूर्योदय नगरपालिका १२ का स्थायी वासिन्दा हुन् । २५ बर्षीय ती युवक चेन्नईबाट आउँदा झापाको क्वोन्टाइनमा १ दिन होल्ड भएका थिए ।

संक्रमित युवासंगै आएका अन्य ५ जनाको परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य सम्पन्न भइसकेको जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलले न्यूज २४ लाई जानकारी दिनुभयो ।