करेन्ट लागेर दुबै हात गुमाएका म्याग्दीका दुईजनालाई उपचारमा फ्रान्समा रहेका नेपालीले ३ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।

करेन्ट लागेर दुबै हात गुमाएका मंगला गाउँपालिका–२ बावियाचौरका २८ बर्षिय खिम बहादुर पुन र अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारकी ४ बर्षिया कृशिखा विकको उपचार र घरायसी खर्चका लागि फ्रान्समा रहेका म्याग्दीका तप्त भण्डारी र लेक कुमारी शेरचनको संयोजनमा संकलन भएको ३ लाख ५ हजार ३ सय रुपैयाँ हस्तान्तरण गरिएको हो ।

मंगलबार म्याग्दीको सदरमुकाम बेनीमा एक कार्यक्रम पश्चिम म्याग्दीको दरबाङमा विद्युतीकरणमा काम गर्ने क्रममा करेन्टले हात गुमाएका पुनलाई बेनीअनलाइनका हरिकृष्ण गौतममार्फत फ्रान्सबाट आएको १ लाख५२ हजार ६५० र घर नजिकै खेल्ने क्रममा विद्युत ट्रान्सफर्मरबाट प्रवाह भएको करेन्टले दुवै हात गुमाएकी विकलाई अन्नपूर्ण गाउँपालिका अध्यक्ष डम बहादुर गर्बुजा पुनमार्फत अभियानकी बेनी संयोजक दिबा पुनलाई हस्तान्तरण गरिएको थियो ।

विद्युतीकरणमा करारमा कार्यरत पुनको दुबै हात गुमेपछि रोजगारीको अवसर समेत गुमेको र अबोध बालिकाको कुमबाटै हात काटेर फालिएपछि उपचारमा समस्या भएको समाचार पढेपछि सहयोग संकलन गरिएको अभियान्ताद्धय भण्डारी र शेरचनले बताए ।

‘दुबै हात गुमाउँदाको पीडामा सानो सहयोग जुटाउने प्रयास गरेका छौ,‘सहयोगदाताप्रति आभारी छौ’ मंगला–२ रनवाङ घर भई हाल फ्रान्समा रहनुभएका भण्डारीले भने ।

कोरोना भाइरसको जोखिमले लकडाउनको समयमा समेत सहयोग जुटेको अवस्थामा जिल्लामा एकैपटक दुई जनाको करेन्टले हात गुमेपछि संकलित रकम दुबैलाई सहयोगदाताको चाहना अनुसार हस्तान्तरण गरिएको संयोजक शेरचनको भनाई छ ।

करेन्ट लागेर घाईते भएका पुनको हाल किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ भने कृशिखा उपचारपछि घर फर्किएकी छन् । यसैबीच सहयोग रकम हस्तान्तरण कार्यक्रमा मंगला र अन्नपूर्ण गाउँपालिका अध्यक्षद्धय सतप्रसाद र डमबहादुरले स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले उपचार र भविस्यमा पालनपोषणमा समेत सहयोग पुगेको बताएका थिए ।

तप्त भण्डारी द्वारा संकलित रकमहरू:

१)तप्त भण्डारी “म्याग्दी”१०१ युरो
२)ज्ञान गुरूंग। स्यांग्जा”१०० युरो
३)शर्मीला कार्की म्याग्दी। १०० युरो
४)गौरी खत्री म्याग्दी। १०० युरो
५)सपना मल्ल म्याग्दी। १०० युरो
६)मधुकर देवकोटा सिंधुली। १००युरो
७)बिकास बग्दास पोखरा। ५० युरो
८)गीता खनाल। स्यांग्जा। ५१ युरो
९)नारायण न्यौपाने। गुल्मी। ५० युरो
१०)शोभा राई। पेरीस। ५० युरो
११)भगवती भण्डारी पर्वत। ५० युरो
१२)विनोद श्रेष्ठ म्याग्दी। ५० युरो
१३)दिपक अधिकारी पर्वत। ५० युरो
१४)नारायण पुन पर्वत। ३०युरो
१५)छिरिंग शेर्पा। धनकुटा। ३५ युरो
१६)प्रमोद पाण्डे। काठमाण्डू। ३० युरो
१७)अरूण गुरूंग। स्यांग्जा। ३० युरो
१८)लक्ष्मण मल्ल। तनहु । ३० युरो
१९)लोक पुन। पर्वत। ३० युरो
२०)सावित्री कार्की केसी काठमांडू३० युरो
२१)राजेन्द्र कार्की। भक्तपुर। २० युरो
२२)सुक ब.गुरूंग गोर्खा २५युरो

जम्मा =१२१२

समाजसेवी श्रीमती लेक कुमारी शेरचन द्वारा संकलित रकम:
१.लेक कुमारी शेरचन शहस्रधारा२००
२.मान ब. सेन्चुरी बेनी। १०१
३.हेम बानियाँ तातोपानी। ५१
४.ओम गौचन। रूम,म्याग्दी १००
५.अस्मीता शेरचन काठमाण्डू १०५
६.लक्ष्मी प्र. भट्चन। भकिम्ली ५०
७.सिद्द पुन। भकिम्ली ५०
८.लक्ष्मण छन्त्याल। भकिम्ली ५०
९.प्रकास सुबेदी। शहस्रधारा ५०
१०.शुन्दर पुन शहस्रधारा ५०
११.रेक पुन छिस्बांग ५०
१२.एकेन्द्र छन्त्याल भकिम्ली। २५
१३.मनोज शेरचन टीकाबाँग। ५०
१४.दिल पुन नागी। २०
१५.दिल सुनार बेनी ३०
१६.बेल ब. के सी। राखु ५०
१७.दिनेश कार्की राखु २०
जम्मा = १०५२
सबै जम्मा =२२६४ युरो