म्याग्दीका सबै बैंक तथा वित्तिय संस्था बिहिबारदेखि नियतिम खुल्ने भएका छन् ।  जिल्ला प्रशासन कार्यालयको अनुमतिमा समयतालिका अनुसार खुल्ने गरेका वित्तिय संस्था बिहिबार अर्थात भोलीदेखि विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने सहायक प्रमुख जिल्ला अधिकारी महेश सुबेदीले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

‘नियम लागु हुन्छ, आवश्यकता अनुसार अनुगमन पनि हुन्छ’ सहायक प्रजिअ सुबेदीले भन्नुभयो ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि  यसअगाडी हप्तामा आलोपालो गरी बैंक खेल्ने गरिएकोमा सेवाग्राहीको चाप बढेसँगै सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन खुल्दा सामाजिक दुरी कायम गर्ने, सेवाग्राहीको संख्या सहितको विवरण उपलब्ध गराउने लगायतमा नियम पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।