जब कोरोना भाइरस चीनबाट फैलिन थाल्यो, यो विश्वव्यापी बन्यो । र, यस्को प्रभाव इरानमा पनि महामारीको रुपमा पर्न पुग्यो । बिचमा एकपटक मत्थर भएको इरान पुनः कोरोना भाइरस महामारीको केन्द्रबिन्दु भएको जनाइएको छ ।

अहिले त्यस्ता धेरै प्रमाणहरू आइरहेछन् ,जस्ले इरानमा यस्को प्रभाव पुनः दोहोरिएको छ । ८ करोडभन्दा बढी जनसंख्या भएको यस देशमा पुनः देखिएको प्रभावलाइ संक्रमणको दोस्रो लहर भनेर विज्ञहरुले भन्न थालेका छन् । यस्ले पुनः ठूलो क्षति पुर्याउने अनुमान गरिएको छ । यस अघि इरानमा आठ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । र, अहिले १ लाख ७७ हजार बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितको संख्या फेरि बढ्दै छ, तर नयाँ लकडाउन भने इरानमा लगाइएको छैन ।