लकडाउन समाप्त नहुदै सडकमा सरकारविरूद्ध प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ । सरकारलले लकडाउनलाई केही लचिलो पारेपछि सरकारवाट असन्तुष्टि जनाउदै प्रधानमन्त्री कार्यालय देखि सडकसम्म हजारौंको संख्यामा उत्रिएर प्रर्दशन हुन थालेपछि आफ्नो ध्यानाकर्षण भएको जनाउदै कारबाही गर्ने चेतावनी दिएको हो ।

गृहले विज्ञप्ति जारी गर्दै बन्दाबन्दीको (लकडाउन) आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन,२०२० को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रु १०० देखि ६०० सम्म जरिवाना र १ महिना देखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्न गर्ने जिल्ला प्रसासनहरूलाई निर्देशन जारी गरेको छ ।

सहसचिव केदारनाथ शर्माले निकालेको विज्ञप्तिमा ‘बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रू १०० देखि ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरासमेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।

लकडाउनलाई बाधा पुग्ने गरी काम गरेमा प्रजिअले कारबाही गर्न सक्ने गृहको भनाइ छ। गृहले लकडाउनका बेला घरमै बसेर गरेको सहयोगप्रति भने नागरिकलाई धन्यवाद दिएको छ।

विगत केही दिन अगाडिदेखि विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागी बनाउने, ज्ञापन पत्र दिन जाने आदि जस्ता कामका नाममा अनावश्यक भीडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाएको प्रवृत्तिप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।