पर्वत जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै पर्वतमा संक्रमितको संख्या २२ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार पर्वतमा थपिएका संक्रमित मध्ये कुस्मा नगरपालिकाका १० जना रहेका छन । पैंयु -१ जना, विहादी -१ जना, नखुलेको -१ जना रहेका छन् । पछिल्लो संक्रमण पुष्टि भएका मध्ये एक जना मणिपाल शिक्षण अस्पतालमा एक जना उपचारत रहेका छन भने अन्य सबै क्वारेन्टाईनमा रहेका छन ।

पर्वतका १३ सँगै गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका चार जिल्ला स्याङजामा २२ जना, पर्वतमा १३ जना, तनहुँ र नवलपुरमा एक एक जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

यो सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या १ सय ८८ पुगेको छ । ति मध्ये १ जनाको मृत्यु भएको छ भने ११ जनालाई निको भएको छ ।

गण्डकी प्रदेशमा स्याङजामा ६० जना, बागलुङ जिल्लामा ४० जना, नवलपुरमा ३८ जना, गोरखामा १५ जना, पर्वतमा २२ जना, कास्कीमा ५ जना, तनहुँमा चार जना, म्यादीमा तीन जना र लमजुङमा एक जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ एउटा पनि संक्रमित व्यक्ति देखिएका छन् ।