दाङमा क्वारेन्टिनमा खाना पकाउने काम गदै आएका एक व्यक्तिले एकजनालाई त्रिशुलले हानेर हत्या गरेका छन । मन्दिरमा रहेको त्रिशुलले हानेर स्थनीय नारायणप्रसाद डाँगीको हत्या गरि आफनै लिंगमा त्रिशुल हानेर छियाँछिया पारेको प्रहरीले जानकारी दिएको छ । घटना जिल्लाको बबई गाउँपालिका वडा नं। ३ मा पर्ने  धनवास गुन्द्रीबजार को हो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार चौतारीमा बसिरहेका स्थानीय  ४६ वर्षीय  डाँगीलाई सोही ठाउँका बालाराम वलीले पेट र छातीमा त्रिशुल प्रहार गरेका थिए । डाँगीको मृत्युपछि उनले सोही त्रिशुलले आफ्नै लिंग छियाँछियाँ पारेका छन । .घाइते वलीलाई प्रहरीले नियन्त्रणमा लिइ उपचारका लागि तुलसीपुरस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा पठाएको छ । घटनास्थलमा भर्खरै प्रहरी पुगेको छ । हत्या किन गरे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । Source: Tvannapurna.com