गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणका क्रममा नवलपरासी जिल्लाको सुस्तापुर्वमा थप ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार नवलपरासी सुस्तापुर्व हुप्सेकोट गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १८, ३२, ५८ र ५९ का ४ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ।

संक्रमितहरुलाई नवलपरासी जिल्ला ९बर्दघाट सुस्ता पूर्व० को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको छ ।शुक्रबार बिहान मात्रै पर्वतका १३, स्याङजाका २२ जना, तनहुँ र नवलपुरमा एक एक जना गरि ३७ जनामा संक्रमण देखिएको थियो ।

गण्डकी प्रदेशमा स्याङजामा ६० जना, बागलुङ जिल्लामा ४० जना, नवलपुरमा ४२ जना, गोरखामा १५ जना, पर्वतमा २२ जना, कास्कीमा ५ जना, तनहुँमा चार जना, म्यादीमा तीन जना र लमजुङमा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ एउटा पनि संक्रमित व्यक्ति देखिएका छन्