नेपाल राष्ट्र बैङ्कले भोलि शनिबार बैङ्कहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ ।

क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले ३२ जेठसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजस्व बुझ्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैङ्कका शाखाहरू खुला राख्न निर्देशन दिएको जानकारी दिए ।