पोर्तुगलमा एक म्याग्देलीको मृत्यु भएको छ । रोजगारको सिलसिलामा केहीबर्ष देखि पोर्तुगलमा बस्दै आउनुभएका बेनी नगरपालिका–५ भिरमुनीका गणेश बानियाँ अचेत अवस्थामा भेटिएपछि उपचारको क्रममा बेजास्थित ओडिमेरा अस्पतालमा मृत्यु भएको मोना आइसी यूरोप संयोजक निरोज कार्कीले बताउनुभयो ।

‘हामीले पोर्तुगलमा यसै महिना दुई म्याग्देलीलाई गुमाएका छौ,‘उहाँहरूको निधनले म्याग्देली स्तब्ध भएका छौ’ कार्कीले भन्नुभयो । मृतक बानियाँ म्याग्दीको बेनी सामुदायिक मावि लगायत विभिन्न विद्यालयमा शिक्षण गरेका थिए ।

गएको जेठ २१ गते अलेन्तेजु क्षेत्रको साओ तेओतोनिओमा बस्दै आएका बेनी नगरपालिका–४ सिंगाका ४९ वर्षीय दीपक बानियाँको उच्च रक्तचापको समस्याका कारण मृत्यु भएको थियो । मृतक बानियाँको आज अन्तेष्टी गदैं गरेको अवस्थामा अर्को घटनाले स्तब्ध भएको मोना पोर्तुगलका अध्यक्ष टेक फगामीले बताउनुभयो । मोना पोर्तुगलले आफ्नो आधिकारिक पेजमार्फत श्रद्धाञ्जली ब्यक्त समेत गरेको छ ।