धनगढी- कैलाली जिल्लामा क्वारेन्टिनमा बसेकी एक महिलालाई बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको सहिद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।

पीडित महिलाले क्वारेन्टिनमा स्वयंसेवकका रुपमा राखिएका तीन जनाले आफूमाथि बलात्कार गरेको बताएकी छन्।

शनिबार रातिको घटना भएपनि आरोपीलाई पक्रन ढिला गरेको भन्दै स्थानीयले आइतबार दिउसो प्रदर्शनसहित लम्कीचुहा नगरपालिका वडा नं १ को कार्यालयमा तोडफोड गरेका थिए।