गण्डकी प्रदेशका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार तनहुँका ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।संक्रमण देखिनेहरुमा तनहुँको घिरिंङ गाउँपालिकाको क्वारेन्टाइनमा क्वारेन्टिनमा रहेका  ४५, २२, २७, २७, र ४६ का ५ जना  पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमितलाइ तनहुँको  जीपीकोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसन कक्षमा ल्याइएको  छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ५९ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ४३ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष र तनहुँका ९ जना पुरुष, पर्वतका ६ बर्षीय बालकसहित २६ जना पुरुष, गोरखाका १४ जना पुरुष र १ महिला तथा कास्कीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।संक्रमित मध्ये १६ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।