आजदेखि मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ । असार १ गतेबाट निजी सवारी साधानलाई जोरबिजोर प्रणालीबाट सञ्चालन गर्न निर्देशन दिएको थियो । जसअनुसार हाल निजी सवारी साधान जोरबिजोर प्रणालीबाट सञ्चालन हुने भए पनि दुईपांग्रे सवारीलाई भने यो लागू नहुने व्यवस्था थियो ।

‘सरकारको निर्णयअनुसार सबै निजी सवारीमा जोरबिजोर प्रणाली भोलिबाट लागू हुन्छ,’ उनले क्लिकमाण्डूसँग भने ‘बाइक र स्कुटरको हकमा पनि यो प्रणाली लागू हुन्छ र बाइक र स्कुटरमा एकजना मात्रै हिँड्न पाइन्छ,’  महानगरीय ट्रफिक प्रहरी महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले भने। सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोरबिजोर लागू नहुने हो कि भन्ने बुझाइ देखिएकाे थियाे ।