पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका ८ जनाको सामुहिक दाहस्ंसकार गरिएको छ । उनिहरु मध्ये ६ जनाको मोदीवेणीमा र अन्य दुई जनाको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो ।

पर्वतको मोदीवेणीमा पाँच वटा चिता बनाएर ६ जनाको दाहसंस्कार गरिएको छ । मृतक मध्ये ५३ वर्षिय तुलबहादुर र उहाँकी श्रीमती ५२ वर्षिय मिनकुमारी थापालाई एउटै चितामा जलाईएको हो भने नाती सम्राट, नातीनी बिबिसा लाई छुट्टाछुट्टै चितामा जलाईएको हो ।

त्यस्तै अर्को परिवारका ३२ वर्षीया कमला बिक र उनकी छोरी ८ वर्षीया प्रमिशा बिकलाई पनि छुट्टाछुट्टै चिता बनाएर दाहसंसकार गरिएको थियो । एउटै गाउँका ६/६ जनाको एकैपटक दाहसंस्कार गरिएको यो नौलो घटना हो । दाहसंस्कारका लागि घाटमा सैयौको सख्ंयामा पुगेका नागरिहरु भावविह्वल बनेका थिए ।
तुलबहादुर दम्पत्तीलाई उनका छोरा अम्मरबहादुर थापाले दागवत्ती दिएका छन्

भने पहिरोमा आफ्नो छोरा सम्राट र बिबिसा लाई गुमाएका उनले छोरा छोरीलाई पनि दागवत्ति दिनुपर्ने बाध्यता आइपर्‍यो । भक्कानीदै एकपैपटक जन्मदिने बाबु आमा र आफैले जन्माएका छोराछोरीलाई दागवत्ती दिँदा उनको मन सम्हालिएको थिएन ।

त्यसैगरी कमला विक र उनका छोरीलाई जेठाजु पर्ने चक्रबहादुर विकले दागवत्ती दिए । त्यसैगरी पहिरोमा पुरिएका आमाछोरा ३४ वर्षिय दिर्पा थापा र १७ वर्षिय विवेक थापाको बागलुङको जैमिनी नगरपालिका स्थित कालीगण्डकी किनारमा पर्ने जैमिनी घाटमा अत्येष्टी गरिएको छ ।दिर्पा लक डाउन पछि छोरा विवेक सहित माईतीमा बस्दै आउनुभएको थियो ।

पहिरोले पुरिएका ९ जना मध्ये १३ वर्षीय जेनिस बिक अझै पनि भेटिएका छैनन् । शनिवार रातीदेखिनै खोजी गरिएपनि उनी अझै फेला नपरेका हुन् ।

आइतवार दिनभर पनि खोजी भएको थियो भने सोमवार विहानैदेखि खोजी कार्य थालिएको भएपनि निरन्तरको वर्षाले प्रभावित बनेको छ । दिनभर गाउँका सवै बासिन्दा मृतकहरुको शब दाहसंस्कार गर्नका लागि मोदीवेणी घाटतर्फ लागेपनि सुरक्षा कर्मीले पनि साँझ अवेरसम्म खोजी गरेको थियो । तर भेट्न सकेको छैन । मंगलवार बिहानवाट पुन खोजी गर्न शुरु गरिने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । Source: newsdabali.com

फोटो सौजन्य बैकुण्ठ गिरी

Leave a Reply