चार दशकदेखि पर्यटन व्यवसायमा सक्रिय गौचन

0

बेनी बजारमा होटल व्यवसायबाटै यदि कसैले राम्रो प्रगति गरेको छ भन्ने नाम आउँछ भने त्यो हो होटल यतीकी सञ्चालक बिमला गौचन २०४० सालमा बेनी बजारको कालिपुलमा गौचन गेष्ट हाउसको नामबाट व्यवसाय सञ्चालन गर्नु भएकी गौचन अहिले तीन वटा ठूला भवनबाट व्यवासाय चलाउँदै हुनुहुन्छ ।

बिमला गौचनलाई उहाँका श्रीमान राम गौचनले व्यवासाय सञ्चालनमा निकै राम्रो साथ दिनुभएकै कारण व्यवसायले उचाई लिएको हो बिमलाको धारणा छ । १२ वर्ष अगाडी राम गौचनको निधन पछि व्यवसाय सञ्चालनको पुरै जिम्मा बिमलाको काँधमा आयो । आफ्नो व्यवासाय प्रति प्रतिवद्ध अनि व्यवसायकी ज्ञानको कारण व्यवसाय फस्टाउँदै गएको गौचनको बुझाई छ ।

११ वर्ष सम्म परिवारका सदस्यहरुको मात्र मेहनतले गौचन गेष्ट हाउस सञ्चालन गरेका गौचनले २०५१ देखि बेनी बजारको क्याम्पस चोकमा ५० लाखको लगानिमा होटल यतीका नामबाट व्यवसाय सुरु गर्नुभएको थियो।

२०४० सालमा भाडाको घरबाट कालिपुलमा व्यवसाय सुरु गर्नुभएका गौचनले हाल आफ्नै भवनमा सञ्चालन गर्दै हुनुहुन्छ । २५० क्षमताको एक र १०० क्षमताको अर्को गरी दुई वटा कन्फ्रेन्सहल रहेको यतिको एउटा भवनमा कन्फ्रेनस, डाइनीङ तथा किचन रहेको छ भने अर्का दुई भवन गेष्ट हाउसका रुपमा सञ्चालित छन् ।
विश्वभर कोरोनाको कारणले आक्रान्त रहेको अवस्था छ ।

अन्यथा अन्य अवस्थामा यो समयमा होटल पर्यटकले भरिभराउ हुन्थे । यसपटक लकडाउनले गर्दा पर्यटक आउने वातावरण नै नरहेको गौचनको भनाई छ । पर्यटन व्यवसायमा ठूलो पुँजी लगानी भएको भएपनि अहिले पुरै धरासायी अवस्थामा पर्यटन व्यवसाय पुगेको गौचनको धारणा छ ।

१० वर्ष अगाडी म्याग्दीमा होटल व्यवसायीहरु एक नभएको अवस्थामा मूल्यमा असमानता भएको महशुष गौचनले गर्नुभएको थियो होटल व्यवसायी संघ म्याग्दीकी संस्थापक अध्यक्ष समेत रहनु भएकी गौचनले । मुल्यमा एकरुपता ल्याउनका लागि अनि गुणस्तर व्यवस्थीत गर्नका लागि मूल्य निर्धारणकालागि होटलहरुको बर्गीकरण गरेर मूल्य सूचिको व्यवस्थापन गर्नु भएको थियो ।

म्याग्दीका होटल व्यवासयलाई व्यवस्थति तथा मूल्यमा एकरुपता ल्याउनका साथै बाह्य पर्यटक भित्राउनका लागि होटल यतिले निकै योगदान दिएको मान्न सकिन्छ ।

अंग्रेजी वर्षको नयाँ वर्षमा चिनिया पर्यटकहरु अधिक आउने र अन्य समयमा युरोपीयन पर्यटकहरु म्याग्दी, मुस्ताङ लगायतका क्षेत्रलाई गन्तव्य बनाएर आउने भएकाले म्याग्दीका होटलहरु भरिबराउ हुनु पर्नेमा यस वर्ष कोरोना भाईरसको संक्रमणको कारणले गर्दा सुनसान प्राय रहेको छ ।

गौचन हाल आफै पनि पर्यटन व्यवसायमा मेहनत गरी रहनुभएको छ भने लकडाउन पहिला सम्म ८ जना कर्मचारी सहित उहाँले मेहनत गर्नु भएको थियो ।

कोरोनाको कारणले लकडाउन सुरु भएपछि अन्य होटल व्यवसाय पुरै बन्द भए पनि गौचनले २ जना कर्मचारी सहित आफूले मेहनत गरेर सामान्य रुपमा भएपनि सेवा दिँदै आउनु भएको छ ।गौचनकै अगुवाईमा सिटिइभिटि संगको सहकार्यमा ४०/४० जनालाई टे«किङ र होटल तालिम दिइएको थियो । उक्त तालिम लिएकाहरु सबै जसो त्यही क्षेत्रमा खटिएको गौचनको धारणा छ ।

Leave a Reply