म्याग्दीको मंगला गाउँपालिका-२, हिँदीमा उत्पादिन पूर्ण अर्गानिक तरकारी बेनीबजारमा आउन थालेको छ । हिमचुली अर्गानिक फार्मद्धारा उत्पादिन तरकारी सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा विक्री गर्ने गरी ल्याउन थालिएको हो ।समुन्द्रि सतहबाट १७ सय देखि २१ सय मिटर उचाईमा अवस्थित हिँदीमा करिब १ सय ५३ रोपनी क्षेत्रफलमा तरकारी लगायतका खेती गदैं आएको हिमचुलीले उपभोक्ताहरुलाई स्वच्छ र स्वास्थ्यकर अर्गानिक तरकारी उपलब्ध गराउने लक्ष्य राखि तरकारी विक्री सुरू गरेको फार्मका अध्यक्ष सन्तोष रावलले बताए ।‘छिट्टै आफ्नै डिपो राख्छौ,‘उपभोक्तालाई घरदैलोसम्म पुर्याउने योजना छ’ रावलले भने । डिपोमा अडर अनुसार घरमै पुर्याउने योजना रहेको छ । उनले कृषि खेतीमा अत्याधिक रासायनिक मल, बिषादीको प्रयोगबाट उत्पादन भएको कृषि उपजले उपभोक्ताहरूको स्वास्थ्यमा गम्भीर असर परिरहेको अवस्थामा कृषि क्षेत्रमा चारदशक अनुभव बटुलेका अधिकृतको समेत उपस्थितीमा शुद्ध अर्गानिक खेती भइरहेको बताए। छोटो समयमा धेरै आम्दानी गर्ने योजना समेत नबनाइएको बताउँदै अर्गानिक तरकारीका लागि मल उद्योगको अवधारणा अनुसार अगाडी बढेको हिमचुली अर्गानिक फार्मका सञ्चालक एवम् प्रमुख प्राविधिक पूर्व बागबानी अधिकृत भोजबहादुर थापाले बताए। कृषि कार्यालयबाट अवकास पाएपछि थापा हिँदीमै बसेर तरकारी खेतीमा सक्रिय छन् । हिँदीको आलु र मुला प्रख्यात भएकाले फार्ममा आलु र मुलाको सिजनमा जिल्ला बाहिर समेत पुर्याउने योजना रहेको छ । विषाधीको प्रयोगलाई पूर्णरुपमा प्रतिबन्ध लगाइएकाले उच्च हिमाली हावापानीमा हुने तरकारी खेतीलाई प्राथमिकता दिएको बताए । उनका अनुसार हाल बजारमा साग, मुला, काक्रो, सिम लगायतका उत्पादन पठाइएकाले फार्ममा किबी, ओखर, कागती, मौरी, उन्नतजातको बाख्रापालन भइरहेकाले निकट भविस्यमा कालिज पालनको योजना समेत रहेको बताए । करिब १ करोड २० लाखको लगानीमा सुरू भएको फार्ममा स्थानीयले रोजगार समेत पाएका छन् । फार्ममा १० जनाको लगानी रहेको छ भने म्याग्दी जिल्ला भित्र लगानी गर्न चाहनेलाई अवसर समेत रहेको जनाइएको छ ।
हिँदीको शुद्ध अर्गानिक तरकारी चाहिएमा सम्पर्क गर्नुहोलाःसम्पर्क :- 9857642127