बुधबार नेपालमा थप ५ सय ८६ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको सं‌ख्या ७१७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ८६ संक्रमित थपिएको जानकारी दिए।