अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको बन्दाबर्ग क्षेत्रमा बसोबास गर्ने म्याग्देलीको भेलाले म्याग्दी सेवा समाज गठन गरेको छ । शिक्षा, रोजगार लगायत विभिन्न कामको सिलसिलामा बन्दाबर्ग क्षेत्रमा रहेका म्याग्देलीको भेलाले राम केसीको अध्यक्षतामा समाज गठन गरेको हो ।

समाजको उपाध्यक्ष याम बहादुर फगामी,सह–उपाध्यक्ष लक्ष्मी छन्त्याल, सचिव कुल पुन, सह–सचिव राजन सापकोटा, कोषाध्यक्ष चिना छन्त्याल, सह-कोषाध्यक्षराज पुन, सांस्कृतिक संयोजक गुना गर्बुजा,उपाध्यक्ष केशव गर्बुजा, सह–उपाध्यक्ष रजनी फगामी रहेका छन् ।

समितिका सदस्यहरू सिता पूर्जा, पुरन छन्त्याल, झरिमा घर्तीमगर, तुल पुन, रविना शेरपुञ्जा, चाहना पुन, अमिता पुन, प्रविणा पुन, लक्ष्मी परियार, गंगा जुग्जाली, बालकुमारी गर्बुजा,दिलमायाँ छन्त्याल, काजल गर्बुजा, रिना पुन, यूमी मगर, रिया मगर, ज्योती पुन, भावना केसी, अनिता राना,निर्जना पुन, चित्रमायाँ थापा, प्रेम राना, गंगा घर्ती, सम्झना थापा, मायाँ पुन, नेहा पुन रहेको कोषाध्यक्ष चिना छन्त्यालले दिईन् ।
त्यसैगरी संस्थाका सल्लाहकारमा गोपाल तामाङ, नन्दकुमार पुर्जा,दानबहादुर पुन,अनिशा गौचन, सन्ध्या गर्बुजा, कल्पना तिलिजा, कमल रेग्मी रहेका छन् ।

क्वीन्सल्याण्ड राज्यको बन्दाबर्ग क्षेत्रमा बसोबास गर्ने म्याग्देलीको एकता र सहकार्यका लागि संस्था स्थापना गरिएको अध्यक्ष केसीले बताए । ‘हामीले यहाँका म्याग्देलीलाई एकजुट बनाउनुका साथै नेपालीहरुसँग सहकार्य गर्ने गरी संस्थामा जोडिएका छौ,‘जिल्लामा हुने सामाजिक तथा मानवीय सेवामा पनि सहयोग गछौ’ उनले भने ।

समाजमा जिल्लाका सबै स्थानीय तहका आवद्ध रहेका छन् । कोरोना भाइरसको जोखिमबाट उक्त क्षेत्रमा असर गरेको म्याग्देली भएमा सहयोग गर्ने समेत संस्थाले जनाएको छ ।