कोरोना भाइरसको संक्रमणबाट कैलालीका दुई जनाको मृत्यु भएको भएको छ । बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा बुधबार मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

कैलालीको लम्कीचुवा नगरपालिका २ निवासी ४३ वर्षीया महिलामा न्यूरोसम्बन्धी समस्या देखिएपछि गत जेठ ३१ गते नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो। शल्यक्रिया गर्नुअघि उनको कोरोना परीक्षणका लागि स्वाब पठाइएको थियो। त्यसैको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

त्यस्तै कैलाली गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित ४६ बर्षीय पुरुष को मृत्यु भएको छ ।

स्वस्थ्यमा समस्या आएपछि धनगढीकै नवजिवन अस्पतालमा उपचार गर्न गएका उनलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको थियो । गोदावारी नगरपालिका-४ निवासी ४६ वर्षीय उनमा गत जेठ ३२ गते संक्रमण पुष्टि भएको थियो। सुरूमा धनगढीको एक निजी अस्पतालमा भर्ना भएका उनलाई संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पताल रिफर गरिएको थियो। लगतै उनलाई प्रादेशिक अस्पताल सारिएको थियो ।  उनी पेसाले बस चालक हुन्। अस्पतालका अनुसार उनले नाकाबाट मानिसलाई क्वारेन्टिन स्थलसम्म बसमा पुर्याउने काम गरेका थिए। यससँगै नेपालमा मृतकको संख्या २२ पुगेको छ । Source: tvannapura.com