जिल्लाको अन्नपूर्ण गाउँपालिका-३ दाना स्थायी घर भएका      तामबहादुर तिलिजा र उनकी धर्मपत्नीको बेलायतमा अन्त्येष्टी गरिएको छ। बेलायतको गुइलफोर्डमा बसोबास गदैं आउनुभएका तिलिजा दम्पत्तीको केहीदिनको अन्तरालमा मृत्यु भएपछि बुधबार अन्त्येष्टी गरिएको त्यहाँ रहेका म्याग्देलीले बताएका छन् ।

समाजसेवी एवम् तत्कालिन नेकपा एमालेबाट बि.श २०४९ मा साविकको दाना गाविसमा सम्पन्न स्थानीय चुनावमा गाविस अध्यक्षमा निर्वाचित तिलिजा लामो समयदेखि विदेशमा बसोबास गदैं आउनुभएको थियो ।

कोरोना भाइरसको महामारीलाई मध्यनजर गदैं पारिवारिक र आफन्तको उपस्थितीमा अन्त्येष्टी गरिएको छ ।  दानाका विभिन्न सामाजिक कार्यमा समेत सहयोग गदैं आउनुभएको थियो । तिलिजाको मृत्युको खवरले दुखी तुल्याएको अन्नपूर्ण गाउँपालिका–३, दानाका अध्यक्ष नरसिंह बहादुर पूर्जाले बताउनुभयो।