बागलुङ जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आज गरिएको परीक्षणमा बागलुङको गल्कोट नगरपालिकाका बर्ष ३३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले भारतदेखि आइ गल्कोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका उनलाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।यससँगै बागलुङमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।