गण्डकी प्रदेशको मनाङमा पहिलो पटक संक्रमण देखिएको छ । मनाङको चामे गाउँपालिकामा कार्यरत १ जना कर्मचारीमा संक्रमण देखिएको निर्देनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । गएराति गरिएको परीक्षणमा ४ जिल्लाका ४२ जनामा कोरोना पोजिटिभ देखिएको हो ।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ८९ पुगेको छ ।

मनाङका १ जना कपिलवस्तुबाट फर्किएको र बाँकी संक्रमित केही दिनअघि भारतबाट फर्किएका थिए । सबै जना सम्बन्धित अहिले जिल्लाको क्वारेन्टाइनमा छन् ।उनीहरूलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।