गण्डकी प्रदेशमा बिहीबार बिहान मात्र ७७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमित पुष्टी भएको छन् । गण्डकी स्वास्थ्य निर्देशनालय बिहीबार बिहानसम्म तीन पटक कोरोना संक्रमितको अप्डेट गरेको थियो । बिहान ५ः ४५ बजेको विज्ञप्तीमा ४२ जना, बिहान ८ बजेको विज्ञप्तीमा पाँच जना र बिहान ९ बजेको विज्ञप्तीमा ३० जना नयाँ संक्रमित थपिएका थिए ।
गण्डकी प्रदेशको नवलपरासी पुर्वका ३१, तनहुँमा १५, गोरखामा ११, पर्वतमा ९, स्याङ्जामा ९, बागलुङमा १ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको हो ।